• २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एनपिएल २: लुम्बिनी लायन्सको कप्तानी फेरि पनि रोहित पौडेलकै हातमा




राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि रिटेन गरेको छ ।

रोहितलाई आगामी सिजनमा पनि मार्की खेलाडीको रुपपमा पुनः निरन्तरता दिईएको लुम्बिनीले जनाएको छ । रोहितको कप्तानीमा रहेको लुम्बिनीले पहिलो संस्करणमा समूह चरणमै सीमित बनेको थियो ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गर्न थालेका छन् ।

यसअघि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो ।

यस्तै चितवन राइनोजले कुशल मल्ल, रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाईलाई रिटेन गरेको थियो ।

Facebook Comments