• ७ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नयाँ एम्बुलेन्सको पर्खाइमा बंगलाचुली, पुरानो गाडी ग्यारेजमै




दाङ । बंगलाचुली गाउँपालिकामा सञ्चालित एम्बुलेन्स लामो समयदेखि मर्मत नहुँदा ग्यारेजमै थन्किएको छ। बिरामीको सेवा प्रदान गर्न प्रयोग हुँदै आएको रा १ झ १३२ नम्बरको उक्त एम्बुलेन्स गत असार महिनामा लमही–भालुवाङ सडकखण्डको नर्ती क्षेत्रमा दुर्घटनामा परेको थियो।

दुर्घटनापछि एम्बुलेन्सको अवस्था नाजुक रहेकाले हालसम्म मर्मत गरिन सकेको छैन। सामाजिक विकास शाखाका संयोजक गणेश विश्वकर्माका अनुसार गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिदका लागि बजेट विनियोजन गरिसकेको छ र चाँडै नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना बनाएको छ।

एम्बुलेन्स सेवा अवरुद्ध हुँदा बिरामीहरू उपचारका लागि निजी वा सार्वजनिक सवारी साधनमा निर्भर हुनुपर्ने अवस्था आएको छ। गम्भीर बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यानै जोखिममा पर्नसक्ने स्थानीयवासीको गुनासो छ। घोराहीबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता हुँदा सेवा ढिलो हुने गरेको उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूले गाउँपालिकाको एम्बुलेन्स सेवा अत्यन्तै आवश्यक रहेको भन्दै तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। “गाउँमा बिरामी परेपछि अस्पताल लैजान निकै समस्या भइरहेको छ,” एक स्थानीयले भने, “छिटोभन्दा छिटो एम्बुलेन्स सेवा पुनः सञ्चालन होस् भन्ने हाम्रो माग हो।”

यसैबीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्दकान्त पौडेलले नयाँ एम्बुलेन्स खरिदका लागि आवश्यक बजेट पारित भइसकेको जानकारी दिए। “कानुनी प्रक्रिया पूरा गर्न केही समय लागिरहेको छ,” उनले भने, “अब ढिलामा साउन महिनाभित्र टेण्डर आह्वान हुनेछ र त्यसपछि सेवा सञ्चालनमा आउनेछ।”

 

 

Facebook Comments