• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूमेमय बन्यो मगरात क्षेत्र, मगर संस्कृति देशव्यापी बन्दै




दाङ। मगर समुदायको मौलिक पर्व भूमे अहिले मगरात क्षेत्रमै सीमित नरही देशव्यापी रूपमा फैलिँदै गएको छ। रोल्पा, रुकुमपूर्व, बाग्लुङ, म्याग्दी, प्युठान, सल्यान लगायतका जिल्लामा परम्परागत रूपमा मनाइने यो पर्व अहिले काठमाडौं उपत्यकादेखि तराईका सहरहरू—दाङ, रुपन्देही, बाँके, कैलाली, कञ्चनपुर—सम्म विस्तार हुँदै गएको छ।

घोराही उपमहानगरपालिका–१३ स्थित बडहरामा आइतबार भूमे पर्वको अवसरमा थबाङी सेवा समाज समिति दाङद्वारा आयोजित भूमे नाचमा सहभागी मगर समुदाय । हरेक वर्ष असार १ गते भूमीको पूजा गरेर पाँच दिनसम्म नाचग

दाङका घोराही, तुलसीपुर, देउखुरीलगायत विभिन्न स्थानमा पनि यस वर्ष भूमे पर्व विशेष उत्साहका साथ मनाइएको छ। पर्वका अवसरमा भूमे थान निर्माण, पूजा, बलि, भूमे नाच र सामूहिक भोजजस्ता कार्यक्रम गरिएका थिए।

दाङमा पछिल्लो समय मगर जनसंख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको छ। विशेषगरी रोल्पा र रुकुम क्षेत्रबाट बसाइँ सर्ने क्रम तीव्र भएसँगै दाङमा मगर संस्कृति गहिरिँदै गएको छ। रुकुमपूर्वको तकसेरा, लुगुम, काँक्री र रोल्पाको थबाङ, जंकोटलगायतका स्थानबाट झरेका मगर समुदायले आफ्नो पुर्ख्यौली पहिचान बोकेर दाङमा नयाँ समाज निर्माण गरेका छन्। उनीहरूले आफ्ना थलोको नामबाट टोल र समूह गठन गर्दै परम्परागत संस्कृतिको निरन्तर अभ्यास गरिरहेका छन्।

भूमे नाच
दाङ, १ असार :
घोराही उपमहानगरपालिका–१३ स्थित बडहरामा आइतबार भूमे पर्वको अवसरमा थबाङी सेवा समाज समिति दाङद्वारा आयोजित भूमे नाचमा सहभागी मगर समुदाय । हरेक वर्ष असार १ गते भूमीको पूजा गरे

भूमे पर्व विशेषगरी धर्ती माताको पूजा गर्ने पर्व हो। यो पर्व वर्षा, अन्न, सन्तान र समृद्धिको कामनासहित भूमे देउताको सम्मानमा मनाइन्छ। भूमे नाच, भाकामा आधारित गीत, जातीय पहिरन र सामूहिकता यस पर्वको विशेषता हो।

पुस्तान्तरण र सांस्कृतिक चेतनाको दृष्टिले पनि भूमे पर्व महत्वपूर्ण बन्न थालेको छ। शहरी क्षेत्रमा बसोबास गर्ने नयाँ पुस्ताका मगर युवाहरूले समेत यो पर्वमा सहभागिता जनाउन थालेका छन्। “हामीले यो पर्वमार्फत हाम्रो मौलिकता जोगाउँदै नयाँ पुस्तामा संस्कृति ट्रान्सफर गरिरहेका छौं,” भूमे पर्व मनाउन घोराही आएका एक युवा मगरको भनाइ छ।

मगर समुदायको पहिचान, सामाजिक एकता र सांस्कृतिक सम्प्रेषणको माध्यमका रूपमा भूमे पर्व थप सशक्त बन्दै गएको छ।

Facebook Comments