• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा पालिका स्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न : वडा नम्बर ६ की समिरा प्रथम




तुल बहादुर कवँर मगर
मसुरिया। दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय बाल पोषण प्रतियोगिता बिहीबार मसुरियामा सम्पन्न भएको छ।

प्रतियोगितामा वडा नम्बर ६ मझेरियाकी समिरा चौधरीले प्रथम स्थान हासिल गर्नुभएको छ।
त्यस्तै, वडा नम्बर ५ पहरुवाकी सान्भिका केसीले द्वितीय र वडा नम्बर ३ बसन्तपुरका सुमिर चौधरीले तृतीय स्थान प्राप्त गर्नुभएको छ।

विजयी बालबालिकालाई पालिकाबाट क्रमशः तीन हजार, दुई हजार पाँच सय र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

प्रतियोगितामा पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरि स्वास्थ्य संस्थाबाट मासिक रूपमा बच्चाको तौल तथा उचाइ नापिएको वा ननापिएको अवस्था, उमेरअनुसारको तौलको स्थिति, पूर्ण खोपको अवस्था, सरसफाइ लगायतका मापदण्डकाे आधारमा उत्कृष्ट बालबालिका छनोट गरिएको थियो।

पालिकाले स्वास्थ्य अधिकृत तथा पोषण कार्यक्रम संयोजक धन बहादुर बुढा क्षेत्रीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरी छनोट प्रक्रिया सम्पन्न गरेको थियो।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बालबालिकाको पोषण र स्वास्थ्य सुदृढ बनाउनु पालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले अभिभावकमाझ चेतना अभिवृद्धि गर्ने भन्दै बालमैत्री समाज निर्माणका लागि पालिकाको तर्फबाट निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पोषणमैत्री पालिका निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष कमलापाती चाैधरी,वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर, स्वास्थ्य शाखा प्रमुख नारायण राउत ,विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, शिक्षक, बालबालिका तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Facebook Comments