भारत । भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको एअर इन्डियाले जनाएको छ।
एअर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, “अहमदाबाद-लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।”

एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र ती मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एअर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
