• ४ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा कफी बनाउने तालिम सुरु




तुल बहादुर कपँर मगर
मसुरिया। दाङको राप्ती गाउँपालिकामा बारिस्ता (कफी बनाउने) १५ दिने तालिम बुधबारदेखि मसुरियामा सुरु भएको छ।

“राप्तीका महिला तथा युवाहरूका लागि तालिम कार्यक्रम” अन्तर्गत उक्त तालिम सुरु गरिएको हो।

तालिमको उद्घाटन वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिम उद्घाटन गर्दै उपाध्यक्ष चौधरीले सिप विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमै सिप सिकेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश यस्ता तालिमले दिन्छ। राप्ती गाउँपालिकाले युवाहरूलाई सशक्त बनाउँदै स्वरोजगारमा जोड्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ।”
उपाध्यक्ष चौधरीले तालिमपछिको सहजीकरणमा पनि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै वडा अध्यक्ष अधिकारीले तालिमबाट सिकिएका सीपलाई व्यवहारमा उतार्न सके स्वरोजगारको ढोका खुल्ने बताउनुभयो। “हामी सिप सिकेर विदेश जाने होइन, गाउँमै केही गर्ने वातावरण बनाउन चाहन्छौँ,” उहाँले भन्नुभयो।

तालिममा वडा नम्बर १ देखि ४ सम्मका १० जना सहभागी छन्। प्रशिक्षकमा अजय जिसी रहनुभएको छ, जसले तालिम अवधिभर व्यावसायिक कफी बनाउने सीप, उपकरणको प्रयोग, ग्राहक सेवा र उद्यमशीलताको आधारभूत ज्ञान प्रदान गर्नुहुनेछ।

तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य चम्फा भुसाल, पार्वती सुवेदी, सावित्री चौधरी लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाले पालिकाभित्रका युवा र महिलालाई उद्यमशीलतामा जोडेर स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

Facebook Comments