कमल खड्का
रोल्पा । लामो समयको अन्तरालपछि होलेरीमा रहेको कृषि हाटबजार पुनः सञ्चालनमा आउन लागेको छ। यस वर्षको हाटबजार कार्यक्रम जेठ २१ गतेदेखि सुरु हुने भएको हो।
दुई वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहँदै आएको हाटबजारमा यस पटक १४ वटा व्यापारिक स्टल रहने जानकारी हाटबजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश महराले दिनुभयो।
टमाटर, बन्दाकोपी, सिमी, खुर्सानी, काउली लगायतका विभिन्न तरकारीहरू उपलब्ध हुने यस हाटबजारमा किसानहरूले आफैंले उत्पादन गरेका तरकारी तथा फलफूलहरूको बिक्री-वितरण गर्नेछन्। यसले उनीहरूलाई राम्रो आम्दानीको अवसर दिएको छ।
हाटबजारमार्फत राम्रो आम्दानी भएको हुँदा किसानहरूले बैंकबाट लिएको ऋणसमेत सहजै तिर्न सक्ने अवस्था आएको राष्ट्रिय वाणिज्य बैंक, होलेरीका पूर्वप्रबन्धक महेशकुमार दहितले बैंकको वार्षिकोत्सव कार्यक्रममा बताउनुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।