रुकुम। मुसीकोट नगरपालिका–१० मा उत्पादन भएको लसुनको बिक्री औपचारिक रूपमा सुरु गरिएको छ। प्रारम्भमा चौर गाउँबाट संकलन गरिएको एक ट्रक लसुन काठमाडौंतर्फ पठाइएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार लसुनलाई तीन ग्रेड (ए, बी, सी) मा वर्गीकरण गरेर किसानले प्रतिकिलो क्रमशः एकसय पच्चीस, एकसय पाँच र साठी रुपैयाँ प्राप्त गरेका छन्।
चौरसँगै खर्सुपानी, गलम्पाटी, नमुना बस्ती र खड्काटोलका किसानले उत्पादन गरेको लसुन पनि क्रमशः बजार पठाउने तयारी भइरहेको छ।
वडा सरकार लसुन उत्पादनलाई व्यवस्थित गर्न ‘लसुन पकेट क्षेत्र’ निर्माण गर्ने योजनामा अघि बढिरहेको छ। “यो वर्ष मात्रै डेढ करोड रुपैयाँ बराबरको लसुन बिक्री गर्ने तयारी छ,” वडा अध्यक्ष खड्काले बताउनुभयो।
लसुन बिक्रीको व्यवस्थापन तथा बजार विस्तारका लागि स्थानीय सरकार, किसान समूह र व्यापारीबीच समन्वय भइरहेको वडा कार्यालयले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।