दाङ । गणतन्त्र दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविरको तयारी पूरा भएको छ।
गणतन्त्र दिवसको अवसर पारेर नेपाल तरुण दल बंगलाचुली गाउँपालिका कार्यसमितिद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि १५ गते गणतन्त्र दिवस दिन श्री सरस्वती मावि, जबरकटेको प्राङ्गणमा आयोजना गरिनेछ।
शिविरमा बिभिन्न विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहनेछ। डा. बाचस्पती सुवेदी (एमबिबिएस, एमडी, सिद्दार्थ पोलिक्लिनिक, फिजिसियन), डा. सरोज यादव (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिसिन), डा. अमृता श्रेष्ठ (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्त्री रोग विशेषज्ञ), श्री यमकाल गिरी (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, ल्याब) र श्री भूमि शर्मा (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ) लगायतको टोलीले सेवा प्रदान गर्नेछन्।
शिविरमा निशुल्क स्वास्थ्य परीक्षणका साथै रक्तचाप, सुगर चेकजाँच र औषधि वितरण पनि गरिनेछ। बिहान ११:०० बजेदेखि सुरु हुने यस कार्यक्रममा स्थानीयवासीहरूको व्यापक सहभागिता अपेक्क्षा गरिएको छ।
नेपाल तरुण दल बंगलाचुली गाउँपालिका कार्यसमितिका अनुसार शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ।
शिविरलाई प्रभावकारी बनाउन सम्पूर्ण तयारी पूरा गरिएको र सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू खटाइसकिएको आयोजक पक्षले जानकारी दिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
