• १८ कार्तिक २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘कमलदह हिमालय पर्यटन स्टेशन’ प्रवर्द्धन कार्यक्रम शुभारम्भ




रुकुमपूर्व । रुकुम (पूर्व) को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजना तथा सिस्ने गाउँपालिकाको सहजीकरणमा ‘कमलदह हिमालय पर्यटन स्टेशन प्रवर्द्धन कार्यक्रम’ को आज औपचारिक शुभारम्भ गरिएको छ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति, रुकुम (पूर्व) का उप–प्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका उप–सचिवले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो।

उक्त उद्घाटन कार्यक्रममा जिल्ला भित्रका सम्पूर्ण जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत रुकुम (पूर्व) का प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिइएको जनाइएको छ। कार्यक्रमले स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments