काठमाडौं। वाइसीएल नेपाल विशेष प्रदेश समितिको ऐतिहासिक प्रथम सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ।
सम्मेलन विशेष प्रदेश संयोजक प्रेम चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वगृहमन्त्री माननीय शक्ति बहादुर बस्नेत प्रमुख अतिथि रहनुभएको थियो।
सम्मेलनमा वाइसीएल नेपालका पूर्वअध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय प्रमुख गणेशमान पुन, वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ तथा वाइसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पाली विशेष अतिथिका रुपमा सहभागी हुनु भएको थियो। त्यस्तै, कार्यक्रममा वाइसीएलका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्मेलनबाट नवीन थापाको अध्यक्षतामा ६१ सदस्यीय विशेष प्रदेश समिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ। नवगठित समितिलाई युवा नेतृत्वलाई अझ सशक्त बनाउँदै संगठनलाई गाउँ–टोलसम्म विस्तार गर्ने उद्देश्यका साथ जिम्मेवारी तोकिएको बताइएको छ।
सम्मेलनले संगठनलाई मजबुत पार्ने, युवाहरूलाई उत्पादनमुखी तथा सामाजिक रूपान्तरणमा सक्रिय बनाउने तथा राजनीतिक चेतनासहितको सशक्त युवा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
युवाहरूको उल्लेखनीय सहभागिता र जोश–जाँगरले सम्मेलन उत्साहजनक र प्रेरणादायी भएको बताइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
