• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भैंसी पालेर–२ गीत सार्वजनिक, १६ वर्षपछि पुनः दर्शकमाझ ( भिडियो सहित )




दाङ। चर्चित गीत ‘भैंसी पालेर’को दोस्रो भाग ‘भैंसी पालेर–२’ सार्वजनिक गरिएको छ। करिब १६ वर्षअघि आएको पहिलो भागको अपार सफलतापछि पुनः उक्त गीतलाई नयाँ शैली र प्रस्तुतीमा ल्याइएको हो।

गीतमा शान्तिश्री परियार र अर्जुन गैरेको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन गैरेकै रहेको छ। गीतको निर्देशन कमल गाउँलेले गरेका छन्। कमल गाउँलेले र पल्पसा डंगोलले भिडियोमा अभिनय गरेका छन्।

भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो कमल गाउँलेको आफ्नै युट्युब च्यानल ‘कमल गाउँले’ मार्फत सार्वजनिक गरिएको हो।

घोराहीमा आयोजित एक विशेष कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा कमल गाउलेको ममतामयी आमा प्रेमकला आर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सबिन प्रीयासन, महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, घोराही उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भरत अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता कमल गाउलेले गरेका थिए भने सहजीकरण वयलडाँडा क्लबका अध्यक्ष नारायण भुसालले गरेका थिए।

भिडियो

 

Facebook Comments