• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फूल र फेसनको फ्युजन: घोराहीको नयाँ ट्रेन्ड




दाङ । गर्मीको चर्को ताप र धूलोसँग संघर्षरत घोराही उपमहानगरपालिकाका बासिन्दाका लागि अहिले राहतको एउटा विशेष थलो बनेको छ । जिल्ला समन्वय समिति अगाडिको गुल्मोहर फुल। राताम्याँ फुल, हरियाली छायाँ र त्यसमा रमाउने मान्छेहरूको भीडले शहरलाई भिन्नै ऊर्जा दिएको छ।

बालबालिकादेखि वृद्धवृद्धासम्म, युवायुवतीदेखि परिवारसम्म सबैको उपस्थिति गुल्मोहरमुनिको त्यो रमाइलो दृश्यमा झल्किन्छ। यो केवल गर्मीबाट बच्ने विश्रामको ठाउँ मात्र होइन, सामाजिक सौन्दर्यप्रतिको आत्मीय अभिव्यक्तिसमेत हो।

यही स्थानमा अहिले फोटो खिच्नेहरूका लागि भिड लाग्ने गरेको छ। कतिपयले टिकटका लागि लाइन बस्छन्, कतिले बस्नलाई छायाँ खोज्छन्। भिड यति बढ्दो छ कि बाटोसमेत छेकिने अवस्था आउन थालेको छ। यस भिडभाडमा स्थानीय फोटोग्राफरहरूका लागि नयाँ अवसर खुलेको छ। करिब १०, १५ जना फोटोग्राफरहरू यही गुल्मोहरमुनि सक्रिय छन्, जसमा कतिपयले दिनमा २ हजारदेखि ३ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताएका छन्।

यस घटनाले दुई कुरा स्पष्ट देखाउँछ—एक, घोराहीमा नागरिकहरूको सौन्दर्यप्रतिको आकर्षण बढ्दो छ; र दुई, यस्ता स्थानहरूको उपयुक्त व्यवस्थापन हुन सकेमा पर्यटन र सिर्जनात्मक पेशाका लागि घोराही एक आकर्षक गन्तव्य बन्न सक्छ।

तर, प्रश्न उठ्छ—के हामी यस्ता सार्वजनिक सौन्दर्य थलोको दीगो व्यवस्थापन गर्न सक्षम छौं? अहिलेको भीड, असहज यातायात र अव्यवस्थित प्रयोगले भविष्यमा यही रमणीय स्थान अराजक बन्ने खतरा छ। यसकारण, स्थानीय सरकार र सरोकारवालाहरूले तत्काल यातायात व्यवस्थापन, खुला स्थानको संरक्षण र फोटोग्राफरहरूको समन्वयमा स्पष्ट नीति ल्याउनु आवश्यक छ।

Oplus_131072

गुल्मोहर वर्षैपिच्छे फुल्छ, तर त्यसले शहरको मुहार फेर्न सक्छ भने त्यसलाई व्यवस्थित बनाउनु हाम्रै जिम्मेवारी हो।

Facebook Comments