• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एउटै वडाबाट एक करोड बढीको लसुन बिक्री गर्ने तयारी




रुकुम पश्चिम । रुकुम पश्चिमको एक वडामा यस वर्ष लसुनको ऐतिहासिक उत्पादन भएको छ। करिब १५ ट्रक बराबर, अर्थात् १४०० कुइन्टल (१ लाख ४० हजार किलो) लसुन उत्पादन भई बजार पठाउने तयारी भइरहेको छ।
हालको बजार मूल्यअनुसार प्रतिकिलो औसत मूल्य रु. ८० मान्दा यो लसुन बिक्रीबाट करिब १ करोड १२ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

मुसीकोट नगरपालिकाको १० नम्बर वडाका अधिकांश किसान लसुन खन्न, केलाउन र सुकाउन व्यस्त छन्। मकै छर्ने समय नजिकिएकाले जेठ २/३ गतेसम्म खेत खाली गरिसक्नुपर्ने दबाबले किसानहरू लसुन खन्न जुटेका हुन।

गाउँमै कमाऔं, घरमै रमाऔं भन्ने मूल नारासहित उत्पादन वृद्धिको कार्यक्रम अघि बढाइएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार वडाले विभिन्न सरकारी कार्यालयसँग समन्वय गरी बीउ तथा प्राविधिक सहयोगमा योगदान पुर्‍याएको हो। साथै देशका विभिन्न स्थानका व्यापारीसँग समन्वय गरी बजारको ग्यारेन्टी सुनिश्चित गरिएपछि उत्पादन बढेको हो। नगरपालिकाबाट वडालाई लसुन पकेट क्षेत्र बनाउने प्रस्तावसमेत अघि सारिएको अध्यक्ष खड्काले बताउनुभयो।

यो सफलताले वडाको आर्थिक उन्नतिमा महत्वपूर्ण टेवा पुर्‍याउने आशा गरिएको छ। स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यले आगामी वर्षहरूमा अझ व्यवस्थित उत्पादन र बजारिकरणको बाटो खुल्ने विश्वास किसानहरूको छ।

Facebook Comments