• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका पोख्रेललाई बरिष्ठ पत्रकार सम्मान




दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पोख्रेल बरिष्ठ पत्रकार सम्मान–२०८२ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारिता क्षेत्रमा तीन दशक लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका पोख्रेल राष्ट्रियस्तरको प्रतिष्ठित ‘बरिष्ठ पत्रकार सम्मान–२०८२’ बाट सम्मानित भएका हुन ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधवार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले महासंघका निवर्तमान अध्यक्ष पोख्रेललाई सम्मान प्रदान गरेका थिए । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गोरक्ष राष्ट्रिय दैनिकको सम्पादकीय नेतृत्व गर्दै आएका पोख्रेलले नेपाली पत्रकारिता क्षेत्रको विकास र प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले सम्मान गरेको हो ।

बरिष्ठ पत्रकार उपाधिबाट सम्मानित पोख्रेलको पत्रकारिता यात्रा दाङबाट २०४९ सालदेखि प्रारम्भ भएको थियो । विभिन्न स्थानीय सञ्चार माध्यमसँगै राष्ट्रियस्तरका सञ्चार माध्यममा त्यो बेलादेखि जोडिएका पोख्रेलले २०५८ सालमा साविक मध्य तथा सुदुरपश्चिमकै पहिलो एमएफ रेडियो ‘रेडियो स्वर्गद्धारी एफएम’ मा सम्पादकीय नेतृत्व सम्हालेका थिए ।

तत्कालिन सशस्त्र माओवादी युद्धको समयमा राज्य तथा विद्रोही पक्षबाट पीडित पत्रकारको उद्धारका लागि पोख्रेल विभिन्न मिसनको नेतृत्व गर्दै खटिएका थिए । २०५९ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भइसकेका पोख्रेल पत्रकार अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको अभियानमा सहभागी भएका थिए । २०७४ सालमा नेपाल पत्रकार महासंघको बरिष्ठ केन्द्रीय उपाध्यक्षमा निर्वाचित पोख्रेल २०७७ मा नेपाली पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघको नेतृत्वदायी अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोख्रेलसँगै कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई बरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पत्रकारीता पुरस्कार २०८१ बाट विमल गौतम बाग्लुङ, दिपेन्द्र श्रेष्ठ कास्की, लोग्शरी कुँवर कैलाली, दिपेन्द्र बान्तवा सङ्खुवासभा, डिल्लीराम खतिवडा उदयपुर र सागर पण्डित तनहुँलाई प्रदान गरिएको थियो ।

Facebook Comments