गढवा, दाङ |वाईसीएल नेपाल गढवा गाउँकमिटीको हालै सम्पन्न भेला तथा पहिलो बैठकले छुकि बोटेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ गाउँकमिटी चयन गरेको छ। संगठनलाई थप सशक्त, अनुशासित र युवामैत्री बनाउने उद्देश्यले सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो।
बैठकले छुकि बोटेलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै, बलबहादुर चौधरी, अस्मिता कुमाल र कृष्ण आले उपाध्यक्षमा चयन भएका छन्। सचिवमा महेन्द्र रोका चयन भएका छन् भने सहसचिवमा सीताराम यादव, ऋषिकुमारी कुमाल र शेषराम यादव रहेका छन्। कोषाध्यक्षमा अन्जली चौधरी चयन भएकी छन्।
भेलाले सम्पूर्ण नवनिर्वाचित कमरेडहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ। साथै, संगठनले युवालाई संगठित गर्दै सामाजिक रूपान्तरणको अभियानमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
