शिवु खनाल
देउखुरी। पछिल्ला दिनहरुमा लमहीको बजार क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । लमही बजार दिउँसो भन्दा रातिको दृश्य मनमोहक र झलमल्ल देख्न पाइन्छ ।
लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले सडक बत्ती जडान कार्यक्रम ल्याएसँगै साँझको समयमा अन्धकार हुने लमहीका विभिन्न टोलहरु, चोकबजार लगाएत अन्य बस्ती अहिले झलमल्ल देखिन्छन् ।
सडक बत्ती जडान भएपछि रातको समयमा हुने आपराधिक क्रियाकलापमा पनि कमी आउने विश्वास गरिएको छ । उज्यालो लमही बनाउने चुवानी प्रतिवद्धतालाई पुरा गरेर लमही बजारलाई झिलिमिलि बजार बनाउन सफल भएको लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो,–। ‘हामीले चुनावको बेला लमही बजार क्षेत्रलाई उज्यालो लमही बनाउने प्रतिवद्धता गरेका थियौँ जनतासंग । त्यो प्रतिवद्धता आज सफल भएको छ । उज्यालो लमही बनाउने चुवानी प्रतिवद्धतालाई पुरा गरेर लमही बजारलाई झिलिमिलि बजार बनाउन सफल भयौँ।’ ‘वडाबासीहरु पनि उतिकै उत्साहीत हुनुहुन्छ । यसको संरक्षणमा सबैले चासो राख्नुपर्छ ।’
लमही बजारका टोल तथा बस्तिहरूमा एक हजार भन्दा बढीसडक बत्ती जडान गरिएको छ । लमही बजारमा सडक बत्तिको अभावले चोरिको महशुल भएको थियोे, अव त्यो समस्या अन्त्य हुने विश्वास भएको लमही नगरपालिका वडा नम्बर ५ निवासी शसिराम नेपालीले बताउनुभयो । यता लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले अनेत्र नपुगेको टोलमा पनि सडक बत्ती पु¥याउने प्रतिवद्वता जनाउनुभयो ।
उहाँले भन्नुभयो,–। ‘यो आर्थिक वर्षमा सडक बत्ती जडान गर्न छुटेका टोललाई आउने आर्थिक वर्षमा समेट्ने योजना रहेको छ ।’ लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले हिजो अध्यारोमा हिड्दा धेरै समस्या थियोे, अहिले त्यो अन्त्य भएको छ । बजारमा बत्ति त बल्यो तर, यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो,–। ‘वडा सरकार पछिको जनतासंग नजिकै रहेर काम गर्ने सरकार भनेको टोल विकास संस्था हो । उक्त संस्थाको काधमा धेरै जिम्मेवारी थपिएको छ, अव सडक बत्तीको राम्रोसँग रेखदेख गर्न आग्रह गर्नुपर्छ ।’ लमही बजार क्षेत्रमा सडक बत्ती जडान पश्चात् वृद्धवृद्धा, अशक्त, अपाङ्ग अध्यारोमा हिड्दा खेरि सुरक्षाको अनुभुती दिलाएको लमही नगरपालिका वडा नम्बर ५ गोरक्षटोल निवासी शेरसिङ् खड्काले खुसि व्यक्त गर्नुभयो।
सडकबत्तीले चोरी–डकैती हट्यो
केही महिना पहिले लमही बजार बासी राति पसल चोरिने समस्याले खुबै सताइए । राति अध्यारो हुने भएकाले सजिलै चोरले पसल फोडेर सामान लैजान थालेपछि तनाव खेप्न बाध्य बजारवासीले बजारमा सडक बत्ती र चौकीदारको माग गरे । बजारवासीको मागअनुसार देउखुरी उद्योग वाणिज्य संघले बजारका मुख्य–मुख्य ठाउँमा सडक बत्ती र चौकीदारको तयारी ग¥यो । अहिले लमही बजार उज्यालो छ। राति हिँडडुल गर्ने व्यक्ति सजिलै चिन्न र देख्न सकिन्छ। ‘सडक बत्ती राखेपछि चोरीडकैतीका घटनामा कमी आएका छन्, लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य हरीराम चौधरीले भन्नुभयो । बयल डाँडा हुदैँ कोलही, आनन्द नगर, पासंग टोल, आदर्श टोल, न्यू रोड, सुनखोली, मिलन टोल, संगम टोल, लमही गल्ली, लमही बजार, कान्छीरोड, पिसियो रोड, शाहा मार्ग, बगैँचा रोड, बैंक रोड, गोक्षटोल, रातो डाँडा र राजमार्ग क्षेत्रमा एक हजार सडक बत्तीको व्यवस्था गरिएको लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले बताउनुभयो। उहाँले अन्य स्थानमा पनि सडक बत्ती विस्तार गर्ने योजना रहेको बताउनुभयो।
‘वडाबासीबाट सडक बत्तीको माग बढ्दो छ । बजार क्षेत्रमा सडक बत्ती राखिएकै कारण चोरीका घटनामा कमिए आएको छ, वडाध्यक्ष सुबेदीले भन्नुभयो,–। ‘विगतका वर्षमा पनि बजार क्षेत्रमा सडक बत्ती नराखिएको भने होइन । लमही नगर विकास समितिले बजार क्षेत्रमा सडक बत्ती हाले पनि त्यसको सुरक्षा र महसुल बुझाउनेमा समस्या भएपछि सडक बत्ती हटाइएको थियो ।’ ‘नगर विकास समितिको लगानीमा सडक बत्ती थियो । तर, महसुल बुझाउने र बत्तीकै सुरक्षामा कमी आएपछि रोकिएको थियो ।’ सडक बत्ती बाले बापत वडा कार्यालयले शुल्क तिर्दै आएको छ । विगतमा बत्ती महसुल नतिरेकै कारण लाइन काटिएको थियो । तर, अहिले भने नियमित विद्युत्लाई महसुल बुझाइदै आएको छ । अन्य ठाउँमा पनि बत्ती गढवा, सिसहनीया, नर्ती क्षेत्रमा पनि सडक बत्ती राखिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
