दाङ– वाईसीएल नेपाल दङ्गीशरण गाउँपालिकाको गाउँस्तरीय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले शेर बहादुर खत्रीको अध्यक्षतामा ३४ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा नरेश चौधरी, निर्मला चौधरी र केशव बिक चयन भएका छन्। यस्तै, सचिवमा प्रेम ओलि चयन भएका छन् भने सह–सचिवमा धनीराम चौधरी, यम बहादुर भण्डारी र शोभा चौधरी रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी कविता बिकलाई दिइएको छ।

सम्मेलनमा वाईसीएल तथा नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सम्मेलनले संगठन सुदृढीकरण, युवाको सक्रिय सहभागिता र सामाजिक अभियानमा अग्रसरता विषयमा निर्णय गरेको जनाइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
