• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
श्रमजीवी वर्गकै नेतृत्वमा समृद्धि सम्भव: प्रचण्ड




दाङ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाप्रति शुभकामना व्यक्त गर्दै श्रमजीवी वर्गकै नेतृत्वमा मात्र मुलुकको समृद्धि सम्भव हुने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले आठ घण्टे कार्यसमयको मागसहित १८८६ मा अमेरिकाको शिकागो सहरमा मजदूरहरूले थालेको ऐतिहासिक आन्दोलनको स्मरण गर्नुभयो। उहाँले उक्त संघर्षले श्रमिक अधिकारका लागि नयाँ ढोका खोलेको र अहिलेको दिन विश्वभरका श्रमिकहरूलाई एकजुट भएर नयाँ संकल्प गर्ने अवसर भएको उल्लेख गर्नुभयो।

“नेपालमा किसान, मजदूर, दलित, महिला, जनजाति, पिछडिएका वर्ग र क्षेत्रका जनताले गरेको बलिदानी संघर्षकै जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको हो,” सन्देशमा उल्लेख छ। “अबको कार्यभार भनेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सपना साकार गर्नु हो।”

प्रचण्डले भ्रष्टाचार, अनियमितता, दलाल पुँजीवाद, बिचौलियातन्त्र जस्ता बेथितिहरूविरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको औंल्याउँदै भन्नुभयो, “आजको आवश्यकता भनेको श्रमजीवी वर्गको नेतृत्वमा नयाँ समाज निर्माण गर्नु हो। त्यसका लागि हामी नेपाली विशिष्टतायुक्त समाजवादतर्फ दृढतापूर्वक अघि बढ्नुपर्छ।”

उहाँले यथास्थितिवाद र प्रतिगामी सोचका विरुद्ध श्रमजीवी वर्गले आफ्नो मौलिक पहिचानसहित संघर्ष गर्नुपर्ने अवस्था रहेको धारणा पनि राख्नुभयो। बदलिएको राजनीतिक संरचनासँगै श्रमजीवी वर्गको जीवनस्तरमा ठोस परिवर्तन ल्याउन सबैलाई एकजुट हुन उहाँले आग्रह गर्नुभयो।

“हामीले विगतमा ल्याएको परिवर्तनलाई अब समृद्धिमा रूपान्तरण गर्नुपर्छ,” उहाँले भन्नुभयो, “श्रमजीवी वर्गले नेतृत्व गरे मात्र जनताको वास्तविक सरकार सम्भव हुन्छ।”

Facebook Comments