• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषद्को ४८औँ स्थापना दिवसको तयारी पूरा




दाङ । राप्ती साहित्य परिषद्को ४८औँ स्थापना दिवस तथा १५औँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। यही वैशाख १९ र २० गते घोराहीमा हुने साहित्यिक समारोहको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले स्थापनाकालदेखि नै विविध साहित्यिक गतिविधिहरूको माध्यमबाट वार्षिक समारोह आयोजना गर्दै आएको र यस वर्षको कार्यक्रम पनि भव्य ढंगले सम्पन्न गरिने उल्लेख गरिएको छ।

“परिषद्ले आफ्नो स्थापनादेखि नै वार्षिक साहित्यिक समारोह विविध कार्यक्रमसहित आयोजना गर्दै आएको छ। यस वर्ष वैशाख १९ र २० गते दुईदिने स्रष्टा सम्मान तथा पुरस्कार वितरण र वार्षिक अधिवेशनसहितको साहित्यिक समारोह दाङ, घोराहीमा आयोजना हुँदैछ, जसको तयारी पूरा भइसकेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस वर्ष साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने २४ जना सिर्जनशील स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथै, दाङमा सक्रिय एक साहित्यिक संस्था र तीन जना अग्रज साहित्य सर्जकहरूलाई २०८१ सालको कदरपत्रसहित सम्मान गरिने परिषद्ले जनाएको छ।

Facebook Comments