• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र दाङद्वारा भिडियो प्रतियोगिताका लागि विद्यार्थीहरुलाई आह्वान




घोराही । नेकपा माओवादी केन्द्र दाङले सहिद कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसरमा “कृष्ण सेन विचार सम्प्रेषण भिडियो प्रतियोगिता– २०८२’’ लागि सहभागीहरुलाई आह्वान गरेको छ ।

माओवादी केन्द्र दाङको मल्टिमिडिया विभागले जेठ १३ गते परेको कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा यस्ता प्रतियोगिता आयोजना गरेको सो पार्टीका जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभएको छ । प्रतियोगिताको विषय कृष्ण सेनको बलिदान र गणतन्त्रको उज्यालोमा राजावादीको अँध्यारो यात्रा रहेको छ ।

जसमा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका छात्रछात्राले भाग लिन पाउने छन् ।

उल्लिखित विषयमा आफ्नो विचार सम्प्रेषण गरिएको ८ देखि १५ मिनेटसम्मको भिडियो पठाउनुपर्ने, सहिद कृष्ण सेन इच्छुक लगायतका ज्ञात अज्ञात सहिदहरुको प्राणोत्सर्ग, त्याग र बलिदान तथा जनयुद्ध, जनआन्दोलन, जनसंघर्षका श्रृङ्खलाहरुको संयोजनको ऐतिहासिक उपलव्धिको रुपमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो भविष्यको विषयमा केन्द्रित रहनुपर्ने आयोजकले जानकारी दिएको छ ।

भिडिया २ सय ४० वर्षे निरंकुश शाहवंशीय राजतन्त्र अन्त्यको ऐतिहासिक र तथ्यपूर्ण कारणहरु समावेश भएको हुनुपर्नेछ भने विषयवस्तुुमा आफूले बोलेको तेर्सोमा खिचिएको भिडियो पठाउनुपर्ने जिल्ला सचिव आचार्यले जानकारी दिनुभयो ।

भिडियोलाई फेसबुक पेजमा अपलोड गरिने छ र फेसबुकमा लाइक, कमेण्ट र शेयरलाई पनि छनौटको एउटा आधार मानिने छ आयोजकले जनाएको छ । विषयवस्तु, भाषा, शैली, तर्क, तथ्य र प्रस्तुतिलाई छनौटको मुख्य आधार बनाइने छ भने भाषा र प्रस्तुति शिष्ट र मर्यादित हुनुपर्ने शर्त तोकिएको छ । अमर्यादित र अशिष्ट भाषा र प्रस्तुति भएका भिडियो प्रतियोगितामा समावेश नगरिने आयोजकले जनाएको छ ।

यसरी प्रतियोगिताबाट छनौट हुनेलाई प्रथम पुरस्कार पाँच हजार, दोस्रो तीन हजार र तेस्रो पुरस्कार दुई हजार राखिएको छ ।

भिडियो news.jayanepal@gmail.com मा इमेल गर्न भनिएको छ ।

Facebook Comments