दाङ। दाङ देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन्।
आइतबार बेलुका लमहीबाट सतबरिया जाँदै गरेको रा ७ प ६५५३ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ७ स्थित बनघुस्री खुटीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ५, बाँके निवासी ३२ वर्षीय लक्ष्मण चौधरी र लमही नगरपालिका वडा नम्बर ८, बिच्कागाउँ निवासी २५ वर्षीया अनिता चौधरी घाइते भएका हुन्।
ईलाका प्रहरी कार्यालय अमिलियाका अनुसार घाइते दुवैजनालाई उपचारका लागि लमही अस्पताल पठाइएको छ।
मोटरसाइकल चालक लक्ष्मण चौधरी नेपाल प्रहरीमा कार्यरत जवान रहेको प्रहरीले जानकारी दिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
