• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अर्जुन खोलामा डुबेका युवकको शव भेटियो




दाङ- दाङको अर्जुन खोलामा डुबेर बेपत्ता भएका लमही नगरपालिका-५ निवासी २२ वर्षिय चेतराज चौधरीको शव आज बिहान ९ बजेको समयमा भेटिएको छ ।

हिजो अबेरसम्म फेला नपरेपछि सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि उनको खोजीकार्य सुरु गरेको थियो ।

चेतराज वैशाख १३ गते दिउँसो साथीहरूसँग नुहाउन भनेर अर्जुन खोलामा गएका थिए । नुहाउने क्रममा उनी डुबेको साथीहरूले प्रहरीलाई बताएका थिए ।

उनी डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा खोजी कार्य सुरु गरेको थियो। तर राति अबेरसम्म प्रहरी सफलता हात पार्न नसकेपछि फर्किएको थियो ।

आज बिहान मात्र चेतराज चौधरीको शव भेटिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख धर्म खड्काले जानकारी दिए ।

अहिले उनको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको र सबै कानूनी प्रक्रिया पूरा गरेर आफन्तलाई जिम्मा लगाइने खड्काले जानकारी दिए।

Facebook Comments