दाङ । नयाँ वर्ष २०८२ को अवसरमा विद्युत व्यवसायी संघ दाङले भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी प्रमुख अतिथि रहनुभएको थियो।
भित्तेपात्रो विमोचन गर्दै प्रमुख अतिथि जोशीले व्यवसायीहरूले कर प्रणालीप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “आफ्नो व्यवसायलाई दिगो बनाउन करसम्बन्धी कानुनी ज्ञान आवश्यक छ। कारोबार गर्दा पारदर्शिता अपनाउँदै सम्पूर्ण कर प्रक्रिया विधिसम्मत ढंगले गर्नु अहिलेको आवश्यकता हो।”
कार्यक्रममा कानुनी सल्लाहकार बिन्दु काफ्ले, कोषाध्यक्ष हिमाल आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष तिलक पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
संघका सदस्य गुरु गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सन्तोष कुमार खड्काले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
