कमल खड्का
रोल्पा । वन डढेलो नियन्त्रण व्यवस्थपन गोष्ठी तथा नियन्त्रण सम्बन्धी सामग्री हस्तारण कार्यक्रम रुन्टीगढी गाउँपालिका भएको छ।
सुखायाम बढेसँगै वन डढेलोको उच्च जोखिम हुने भएकोले जोखिम नियन्त्रण व्यवस्थपनका लागि डिभिजन वन कार्यालय रोल्पा आयोनामा सचेतना मुलक तथा डढेलो नियन्त्रण सम्बन्धी सामग्री हस्तारण कार्यक्रम गरिएको हो ।
रुन्टीगढी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपलिका भित्रका समुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि, सव डिभिजन वन कार्यालयका कर्मचारी,सुरक्षाकर्मी, खोटो कम्पनीका पदाधिकारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
डढेलो लाग्नुको जोखिम ,डढेलो लाग्न नदिने उपाय, वनलाई डढेलोबाट बचाउने उपाय, डढेलो लागि हाले गर्नुपर्ने सावधानी, निभाउने तरिका लगायतका विषयमा सव डिभिजन वन कार्यालय रोल्पाका बरिष्ठ वन अधिकृत पूर्ण बहादुर ढकालले प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा सव डिभिजन वन कार्यालय रोल्पाले खरिद गरेको डढेलो नियन्त्रण सामग्रीहरु गाउँपालिका अध्यक्ष जनक पुनद्वारा इलाका प्रहरी कार्यालय होलेरीलाई हस्तान्तरण गरिएको हो ।
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिमा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सानु बाबु खड्का, सब डिभिजन कार्यालय रोल्पाका बरिष्ठ वन अधिकृत पूर्ण बहादुर ढकाल, वडा नं. ९ का अध्यक्ष तथा पालिका प्रबक्ता चेतलाल खत्री,वडा नं. ७ का अध्यक्ष टेक लाल पुन, सब डिभिजन कार्यालयका बरिष्ठ फरेष्टर खुम बहादुर सार्की, इलाका प्रहरी कार्यालयका प्र.ना.नि बिनोद जि.सी लगाएतको सभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण सब डिभिजन कार्यालयका बरिष्ठ फरेष्टर दिपेन्द्र बुढाले गर्नुभएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
