श्रवण कुमार यादव
दाङ। सामाजिक चेतनाको स्वर सामना अभियान वैशाख १२ गते देखि दाङबाट सुरु हुने भएकोे छ।
समाजवादको पक्षमा जनचेतना फैलाउने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारले सुरु गर्न लागेको समाजवादी सांस्कृतिक अभियान वैशाख १२ गतेबाट दाङको घोराहीबाट भव्य रूपमा सुरु हुँदैछ।
“हामी गाइरहेका छौं क्रान्तिका गीत” भन्ने नारासहित सञ्चालन हुने यस अभियानको उद्घाटन कार्यक्रम घोराहीस्थित होटल मालाइनमा दिउँसो १२:०० बजे हुनेछ। दोस्रो दिनको कार्यक्रम वैशाख १३ गते तुलसीपुरमा दिउँसो १:०० बजे आयोजना हुने जनाइएको छ।
कार्यक्रममा जनवादी गीतकार तथा संगीतकार माइला लामा, पूर्वमन्त्री एवं गीतकार तथा संगीतकार मणि थापा, सुभाष सिंह खत्री, रमण धामी, आरोह नेपाली लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। साथै, अन्य अतिथि जनवादी कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।कार्यक्रममा आख्यान, नाटक, गीत र नृत्य जस्ता सांस्कृतिक प्रस्तुति समावेश हुनेछन्।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।