दाङ । शुक्रबार साँझ दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा३ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहरूमा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिला रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शी बताएका छन् । यसअघि आजै बिहान दाङमा भएको बस दुर्घटनामा २१ यात्रु घाइते भएका थिए ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।