• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पोखरा जाँदै गरेको भारतीय बस दाङमा दुर्घटना, २१ घाइते




श्रवण कुमार यादव
दाङ। भारतको लखनउबाट पर्यटक लिएर पोखरातर्फ जाँदै गरेको एक भारतीय नम्बर प्लेटको बस गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।

यूपी ३२ एमएन ९५६६ नम्बरको सो गाडीमा २५ जना भारतीय नागरिक सवार थिए। शुक्रबार बिहान करिब १० बजेतिर चिसापानी मोडमा गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका घाइतेमध्ये केहीको अवस्था सामान्य रहे पनि केही गम्भीर घाइते भएका हुन्।

घाइतेमध्ये करिब एक दर्जनलाई तत्काल उद्धार गरी नजिकैको गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ भने अवस्था गम्भीर भएकाहरूलाई लमही अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गढवा दाङले जनाएको छ।

Facebook Comments