घोराही । दाङको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ‘बीआर स्टोर’ नामक मोबाइल पसलको भव्य रूपमा उद्घाटन गरिएको छ। उक्त पसलको उद्घाटन सञ्चालक भीमसिंह डिसीकी आमाज्यू गंगादेवी डिसीले गर्नुभएको हो।
झन्डै ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त पसल २०८२ साल वैशाख ४ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
पसलमा सामसुङ, एप्पल, साओमी, ओप्पो, भिभो लगायतका प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोनहरू बिक्रीका लागि उपलब्ध छन्। साथै मोबाइल सम्बन्धी सामानहरू, मर्मत सेवा, मोबाइल बीमा तथा किस्ताबन्दी (साहुलियत किस्तामा खरिद) सुविधा पनि प्रदान गरिने सञ्चालकले जानकारी दिनुभएको छ।
उद्घाटन समारोहमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, सचिव विकास ओलीसहित अन्य व्यवसायी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटनको अवसरमा विशेष छुट तथा आकर्षक अफरहरू पनि सार्वजनिक गरिएको छ। सञ्चालक डिसीले भन्नुभयो, “हामीले दाङबासीलाई गुणस्तरीय सेवा र नयाँ प्रविधिको सहज पहुँच सुनिश्चित गराउने लक्ष्य लिएका छौँ।”

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
