• १७ बैशाख २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बे सामुदायिक वनमा पर्यापर्यटनसम्बन्धी छलफल




घोराही । अम्बे सामुदायिक वन उपभोक्ता समूह घोराही १८ अम्बापुरको आयोजनामा दिगो वन व्यवस्थापन तथा पर्यापर्यटन सम्बन्धी भेला सम्पन्न भएको छ।

समूहका अध्यक्ष श्रीधर भण्डारीको अध्यक्ष र जिल्ला वन कार्यालयका प्रतिनिधि प्रदेशु चौधरीको प्रमुख आतिथ्यमा बेला भएको हो।

प्रमुख अतिथि चौधरीले सरकारले ल्याएको दिगो वन व्यवस्थापनको नीतिअनुसार सबै वन समूह र उपभोक्ताहरु अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले कूल वन क्षेत्रको दश प्रतिशत क्षेत्रमा पर्यापर्यटनका संरचना बनाउन सकिने बताउनुभयो।

भेलाले यो वनमा पर्यापर्यटन कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। भेलामा वडा सदस्य दीपा नेपाली, वन महासङघका केन्द्रीय सदस्य सावित्रा राना, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, ऋषिराम चौधरी, नरेन्द्र केसी, पुरन शर्मा, भुपेन्द्र भुसाललगायतले बोल्नुभएको थियो।

Facebook Comments