• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खेलकुद मेलामा उत्साहजनक सहभागिता, छैठौं दिन पनि खेल गतिविधि जारी




घोराही।  दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला उत्साहपूर्वक सञ्चालन भइरहेको छ। “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने मूल नारासहित सुरु भएको यो मेलामा स्थानीय खेलाडीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

मेलाको हिजो पाँचौं दिन विभिन्न रोचक खेलकुद प्रतियोगिता सम्पन्न भए। भलिबलतर्फ, देउखुरी बहुमुखी क्याम्पसले शहीद कृष्णसेन टिमलाई सोजो ३–० को सेटमा पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गर्‍यो। त्यसैगरी, अम्बिकेश्वरी क्याम्पसले पनि दबदबा समूहमाथि सिधै ३–० को जित निकाल्दै अर्को चरणमा प्रवेश गर्‍यो। मेचिकाली स्कुलले वाकओभर दिएपछि फेलोशिप ट्रेनिङ सेन्टर स्वतः विजयी घोषित भयो। खेल संयोजक सुरेश पोख्रेलका अनुसार सबै खेलहरू बेस्ट अफ फाइभ सेटमा खेलाइएका छन्।

कबडी खेलतर्फ, पुरुषतर्फ बबई गाउँपालिकाले तुलसीपुर–४ लाई ३८–३४ ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्‍यो। दोस्रो खेलमा ननुमा समूहले राप्ती गाउँपालिकालाई ४४–४१ ले हरायो भने अन्तिम खेलमा नर्ती कबडी समूहले हिमाचल समूहमाथि ५३–३९ को फराकिलो जित निकाल्यो।

महिलातर्फको कबडी प्रतिस्पर्धामा महेन्द्र बहुमुखी क्याम्पसले तृदेब समूहलाई ५२–३९ को स्कोरमा हराउँदै विजयी बन्यो।

मेलाको छैठौं दिन आज बिहानैदेखि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनमा छन् भने साँझतिर सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ। स्थानीय कला, संस्कृति, र खेल प्रतिभाको सम्मानस्वरूप सञ्चालन गरिएको मेला प्रति दिन चासो बढ्दै गएको आयोजकहरूले जनाएका छन्।

Facebook Comments