दाङ । दाङ सोसाइटी क्लबको १६ औं वार्षिक उत्सवको अवसरमा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला उत्साहका साथ जारी छ। “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने नारासहित सुरु भएको मेलामा आज चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति रहने क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिनु भयो ।
मेलामा प्रवेशका लागि आज दिउँसो ३ बजेदेखि टिकट खुला हुनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क रु १००, विद्यार्थीका लागि रु ५० तोकिएको छ भने जेष्ठ नागरिक, अपांग व्यक्ति र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिए क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिनु भयो छ।
पल शाहसँगै सांस्कृतिक कार्यक्रममा कमल गाउले, प्रेम शर्मा, सन्दीप सेन्चुरी, सुदन थापा, ममता थापा, निशा गिरि, डिला घरच्वार र युनिस घिमिरेले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।
मेलाले दाङको सांस्कृतिक समृद्धि र खेलकुदको विकाससँगै स्थानीय स्वरोजगारलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
