• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खेलकुद तथा साँस्कृतिक मेलामा भोलि नायक पल शाहको प्रस्तुति




दाङ। घोराहीमा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलाको तेस्रो दिन, भोलि वैशाख १ गते (सोमबार) नायक पल शाहको विशेष प्रस्तुति रहने भएको छ।

दाङ सोसाइटी क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीका अनुसार, शाहसँगै कलाकार कमल गाउले, प्रेम शर्मा, सन्दीप सेन्चुरी, सुदन थापा, ममता थापा, निशा गिरि, डिला घरच्वार र युनिस घिमिरे लगायतले समेत सांगीतिक प्रस्तुति दिनेछन्।

‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नारासहित क्लबको १६औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मेला घोराही उपमहानगरपालिका–१४ स्थित झिगौंरामा वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।

मेलामा प्रवेशका लागि दिउँसो ३ बजेदेखि टिकट खुला हुनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक, अपांग तथा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिए।

मेलामा ५७ विधामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनेछन्। तीमध्ये फुटबल, क्रिकेट, भलिबल, कबड्डी, मिनी म्याराथन, ब्याडमिन्टन, एथलेटिक्स, स्लो बाइक र स्कुटी रेस, बास्केटबल, बक्सिङ, बुद्धिचाल, भारोत्तोलन, लङजम्प, हाईजम्प, तेक्वान्दो, क्यारमबोर्ड, कुर्सी दौड, वक्तृत्वकला, चम्चा दौड, कविता, रस्साकस्सी, लुडो, टेबल टेनिस, वादविवाद, हाजिरीजवाफ, साइकल रेस, पन्जा लडाइँ, बेलुन टच, बोरा दौड, चकलेट दौड, तिर निसान लगायतका प्रतियोगिता समावेश छन्।

त्यस्तै, इ–स्पोर्ट्स अन्तर्गत पब्जी र फ्री फायर जस्ता लोकप्रिय गेमहरू पनि प्रतियोगितामा समावेश गरिएको छ। खेलकुद प्रतियोगिता वैशाख २ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।

 

Facebook Comments