• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शुभकामनासँगै सशक्त पत्रकारिताको संकल्प




दाङ। नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता र नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पछिल्लो समय पत्रकारमाथि थपिएका विविध चुनौतीको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्दै सशक्त र मर्यादित पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र वस्नेतको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो। कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले दाङ जिल्लाको पत्रकारिता अन्य जिल्लाहरूको तुलनामा मर्यादित रहेको भए तापनि ‘छिटफुट पत्रकारिता’का नाममा भइरहेका गलत क्रियाकलापले सम्पूर्ण पत्रकार समुदायलाई दोष खेप्नुपर्ने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघ दाङ शाखाका सल्लाहकारहरू दुर्गालाल केसी, सुदीप गौतम, पूर्व अध्यक्ष केवी मसाल, तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा महासंघ दाङ शाखाका अर्का उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रम सञ्चालन महासंघका सचिव जेएन सागरले गर्नुभएको थियो।

Facebook Comments