श्रवण कुमार यादव
देउखुरी। दाङ जिल्लाको लमही नगरपालिका-९ मा रहेको श्री बगार बाबा धार्मिक विकास समितिको ३२ औं वार्षिक साधारण सभा भव्य रूपमा आज सम्पन्न भएको छ।
धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन गर्दै आएको समितिको वार्षिक सभा समितिका अध्यक्ष रबिन्द्र खत्रीको अध्यक्षतामा संघिय सांसद तथा पूर्व सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीकाे प्रमुख अतिथि तथा लमही नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भेष बहादुर केसीकाे विशिष्ट आतिथ्यमा बगार बाबा धार्मिक स्थल रिहारकाे बगार क्षेत्रमा सम्पन्न भएको हो।
साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद मेटमणी चौधरीले धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनमा समितिले पुर्याएको योगदानको प्रशंसा गर्दै स्थानीय समुदायको एकताले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
समितिका पूर्व सचिव ज्ञान बहादुर नेपाली, गोरक्ष गौधामका अध्यक्ष रमेश कुमार खड्का, बगार बाबा मा.वि. रिहारका प्रधानाध्यापक यम बहादुर बस्नेत, समाजसेवी तथा बुद्धिजिवी शशी राम नेपाली, बगर बाबा स.ब.उ.स. का अध्यक्ष टोपेन्द्र पुन, समाजसेवी बुद्धिजिवि पल सिंह पुन, लमही नगरपालिका वन महासंघका पूर्ण बहादुर बस्नेत, गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहज राम यादव, बगार धार्मिक विकासका सल्लाहकार सदस्य बिन्ती राम यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
श्री बगार बाबा धार्मिक विकास समितिका उपाध्यक्ष मान सिंह वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चलन भने समितीका सचिव नन्द लाल वली र सहसचिव सुर्य लाल यादव ले गर्नुभएको थियो।
सो अवसरमा समितीका सचिव नन्द लाल वलीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानित तथा मायाको चिनो समेत प्रदान गरिएको थियो।
बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार नामले पनि चर्चित छ । स्थानीय बुढापाका अनुसार आज भन्दा झण्डै पाँच हजार वर्ष पहिले रिहार धामको उत्पति भएको हो, धार्मिक विश्वास अनुुसार द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको हुुँदा ऋषीविहारबाट अपभ्रम्स भई रिहार रहन गएको बताइन्छ । बगरबाबा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको रिहार क्षेत्र निकै पुरानो धामको रुपमा परिचित छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।