दाङ । दाङको घोराहीमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ आयोजना हुने भएको छ। ‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा चैत २८ गतेदेखि १० गतेसम्म घोराही नगरपालिका–१४ झिगौंरामा उक्त मेला आयोजना गरिने छ।
यस खेलकुद तथा साँस्कृतिक मेलामा जिल्ला स्तरीय क्रिकेट, फुटबल र महिला/पुरुष भलिबल प्रतियोगिता आयोजना हुने जानकारी दाङ सोसाइटी क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले दिनुभएको छ।
क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, द्वितीय हुने टिमलाई २५ हजार र तृतीय हुने टिमलाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। फुटबल प्रतियोगितामा पनि प्रथम हुने टिमलाई नगद ५० हजार, द्वितीय हुने टिमलाई २५ हजार र तृतीय हुने टिमलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
भलिबल खेलमा पुरुष टिमको लागि पनि पुरस्कार त्यस्तै व्यवस्था गरिएको छ। प्रथम हुने पुरुष टिमलाई नगद ५० हजार, द्वितीय हुने टिमलाई २५ हजार र तृतीय हुने टिमलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। महिला भलिबल खेलमा पनि प्रथम हुने टिमलाई नगद ५० हजार, द्वितीय हुने टिमलाई २५ हजार र तृतीय हुने टिमलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिनुभएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि क्रिकेट, महिला/पुरुष भलिबल र फुटबलको प्रत्येक टिमको दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको खेलकुद संयोजक सुरेश पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार टिम दर्ता चैत २५ गतेसम्म गर्नु पर्नेछ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।