दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङले देउखुरी क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न शैक्षिक संस्थामा कार्यरत रहेका र लामो समयसम्म शिक्षाको क्षेत्रमा योगदान पु¥याउनु भएका शैक्षिक व्यक्तित्वहरुबीच दाङ जिल्लामा उच्च शिक्षा अध्ययनको अवसर विषयक अन्तरक्रिया कार्यक्रम जखेरा तालमा सम्पन्न भएको छ ।
कार्यक्रमका सभाध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले दाङ जिल्लाका विद्यार्थीहरु उच्च शिक्षा शिक्षा अध्ययनको लागि अन्य जिल्ला जानु पर्ने समस्या हटाउनको लागि हामी सबैको सहकार्य, समन्यवमा हटाउन सकिने बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका परीक्षा समिति सदस्य निम बहादुर डिसीले डिसीले स्थानियदेखि केन्द्रसम्मका सरकारी तथा गैरसरकारी निकायहरुको समन्वय तथा साझेदारीमा आत्मनिर्भर गर्न सक्ने किसिमको शिक्षाको सृर्जना गर्न सके मात्र स्थानीय स्तरका विद्यार्थीहरुलाई रोक्न सकिने बताउनु भएको थियो । दाङ जिल्लामा उच्च शिक्षाका प्रबल सम्भावना रहेकोले सबैको सहयोग र सहकार्यमा नीति निर्माण रोजगारी मूलक शिक्षा प्रदान गरीे अभिभावक र विद्यार्थीहरुको मन जित्नु पर्ने बताउनु भएको थियो । दाङमा निजी विद्यालयको स्थापना भएपछि बढ्दै गएको शैक्षिक गुणस्तर बढेको बताउनु भयो । डिसीले दाङ जिल्लामा रहेका आर्थिक अवस्था कमजोर विद्यार्थीहरुलाई राप्ती इञ्जिनियरिङ कलेजले विगत १७ वर्षदेखि शिक्षा प्रदान गरेको कलेजको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका उप—प्राध्यापक भेषराज पोख्रेल, रोजी बड्स बालबाटिका प्राचार्य बसन्त न्यापाने, ज्योतिष्मति विद्यापिठका प्राचार्य नारायण भुषाल, शुभतारा बोर्डिङ स्कुलका प्रचार्य विकास रजौरे, बुद्ध ज्योतिका प्राचार्य थानेश्वर न्यौपाने, गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजाल लगायतले बोल्नु भएको थियो । शिक्षण प्रणाली व्यवहारिक तथा सिपमूलक शिक्षामा जोड दिंदै शिक्षालाई प्रविधिसँग जोड्दै समय सापेक्ष शिक्षा प्रदान गरीे अन्तर्राष्ट्रिय बजारको मागलाई समेत सम्बोधन गर्ने जनशक्ति उत्पादन गर्दै गर्नुपर्ने बताउनु भयो ।
उक्त अन्तक्रिया कार्यक्रममा दाङ शैक्षिक हवको रुपमा विकास हुदै गएको इञ्जिनियरिङ, सुचना प्रविधि, स्वास्थ्य, कानुन, व्यवस्थापन लगायतका विषयमा उच्च शिक्षा अध्ययनका अवसरहरु रहेकोले विद्यार्थीलाई दाङ जिल्ला बाहिर अध्ययन गर्न जानु पर्ने अवस्था नरहेको बताएका थिए ।साथै बोल्ने वक्ताहरुले हामी सबैले विद्यार्थी तथा अभिभावकहरुलाई दाङ जिल्लामै पनि उच्च शिक्षा हासिल गर्न सकिने जानकारी गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्रशसकिय अधिकृत धनेश्वर चौधरीले गर्नुभएको थियो । उक्त कार्यक्रममा देउखुरी क्षेत्रमा विभिन्न स्कुल तथा कलेजमा अध्यापन गराउने प्रिन्सिपल, कोर्डिनेटर तथा शिक्षक÷शिक्षिकाहरु गरी ४० जनाको उपस्थिती रहेको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।