दाङ। घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले घोराही बजारका सस्तो मार्टहरुमा अनुगमन गरी म्याद नाघेका बस्तुहरु जफत गरेको छ ।
महाशाखा प्रमुख मोहनसिंह सुनारको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका इनर्जी ड्रिकं, खाद्यन्न, किराना सामग्री, तरकारी तथा मासु मसला लगायतका सामग्री जफत गरी मार्ट सञ्चालकहरुलाई सचेत गराएको छ ।
उपभोक्ताबाट व्यापक गुनासो आउन थालेपछि उपभोक्ता हित संरक्षण महाशाखा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघको संयुक्त टोलीले घोराहीका ६ वटा सस्तो मार्टहरुको अनुगमन गरी ११ हजार १ सय ८० मुल्य बराबरको म्याद नाघेका बस्तु जफत गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले जानकारी दिनुभयो ।
अनुगमन गरिएका युवि सस्तो मार्ट, एस मार्ट, फ्रेन्डस सुपर मार्केट, युपिलेश मिनी मार्केट, हरियो बजार ग्रिनसप मध्ये दिपशीखा चौकमा रहेको एस मार्टले मापदण्ड पुरा गरेको र उपभोक्ता हितमा काम गरेको शाखा प्रमुख सुनारले जानकारी दिनुभयो ।
अन्य मार्टहरुमा म्याद नाघेका भेटिएकोमा जफत गरिएको र मुल्यसुचि नराखिएको, उपभोग्य बस्तुहरुमा उत्पादन मिती, बिक्रि मुल्य नराखिएका बस्तुहरुका सम्वन्धमा मार्ट संचालकलाई पहिलोपटक सचेत गराउने काम भएको अनुगमन टोलिले जनाएको छ ।
बजारलाई व्यवस्थित गर्न र उपभोक्ता हितलाई ध्यानमा राखेर अनुगमनको कामलाई निरन्तरता दिने अनुगमन संयोजक सुनारले बताउनु भयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।