• २८ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने अनलाइनको सातौं वार्षिकोत्सब: मानव कल्याण समाज सेवा घरमा खाद्यान्न वितरण




श्रवण कुमार यादव
घोराही । सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सिस्ने अनलाइनले घोराही-१० नारायणपुरमा रहेको मानव कल्याण समाज, सेवा घरलाई  खाद्यान्न  वितरण गरेको छ। अनलाइनले आफ्नो सातौं वार्षिकोत्सबको अवसरमा बुधबार सेवा घरमै पुगेर एक कार्यक्रमकाबीच खाद्यान्न वितरण गरेको हो । अनलाइनका प्रवन्ध सम्पादक जंग रेउले अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले सिस्ने अनलाइनले सभ्य समाज निर्माणका लागि आइपर्ने कठिनाइसँग मिडिया पनि सँगसँगै रहेको अनुभूति दिलाएको बताए । उनले सातौं वार्षिकोत्सबको शुभकामना मन्तव्य दिँदै अनलाइन दाङ जिल्लामै स्थापित डिजिटल अनलाइन पत्रिका भएको र जिल्ला  फरक पत्रकारितामा आफूलाई स्थापित गर्न सफल भएको  भन्दै यसलाई आगामी दिनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अनलाइन बनाउनुपर्ने जोड दिए ।  सूचना प्रविधिको विकाससँगै  अनलाइन पत्रकारितामा भएका अवसर र चुनौती दुबैलाई मध्यनजर गर्दै आम नागरिकको मुद्दालाई उठाउनुपर्ने र पछिल्लो चरणमा पत्रकारिता क्षेत्रमा केही समस्या देखिएको र त्यस्ता समस्याहरु आउन नदिन पत्रकारिता पेशालाई थप मर्यादित, व्यवस्थित र विश्वनीयता बनाउनुपर्ने  उनको भनाइ छ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले शुभकामना मन्तव्य दिँदै  सिस्ने अनलाइनले दाङमा व्ययसायिक पत्रकारिता गर्दै आइरहेको बताए ।  उनले अबको प्रभावकारी मिडिया डिजिटल अनलाइन भएपनि यसको प्रभावकारीता अबको दायित्व भएको र यसलाई जनताको सबैभन्दा नजिकको साथी बनाउनुपर्ने भन्दै पत्रकारिता मर्यादाको आत्मसाथ गरी मिडियालाई व्यवस्थित र विश्वानीय बनाउनुपर्ने कुरामा जोड दिए।

अनलाइनले आफ्नो स्थापना दिवसलाई केही फरक ढंगले मनाउने र त्यसलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले सेवा घरलाई खाद्यान्न सहयोग गरेको अनलाइनका प्रवन्ध सम्पादक जंग रेउले जानकारी दिए । उनले  गत तीन वर्षदेखि अनलाइनको स्थापना दिवसलाई सिर्जनात्मक र रचनात्मक बनाउँदै सामाजिक कार्य जोडेर अगाडि बढेको र यस्ता कार्य आगामी दिनमा पनि निरन्तर दिने कुरामा जोड दिए। अनलाइन स्थापन कालदेखि नै आफूहरूले व्यवस्थित र मर्यादित पत्रकारिता गर्दै आइरहेको हुँदा आगामी दिनमा पनि पत्रकारिता थप जिम्मेवार र प्रभावकारी बनाउने उनले भनाइ छ।

सिस्ने अनलाइनका सम्पूर्ण पाठक, लेखक, पत्रकार, विज्ञापनदाता, शुभचिन्तक एवं सहयोगीहरूलाई हार्दिक आभार व्यक्त गर्दै प्रबन्ध सम्पादक जंग रेउले भने, “तपाईंहरूको साथ र सहयोगले नै सिस्ने अनलाइनलाई निरन्तर अघि बढ्ने ऊर्जा प्राप्त भएको छ।”

त्यसैगरी युवा व्यवसायी बलबहादुर पौडेलले शुभकामना मन्तव्य दिँदै सिस्ने अनलाइनले सकारात्मक समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

सडक मावनमुक्त बनाउने उद्देश्यका साथ सञ्चालनमा रहेको सेवा घरमा रहेका बालबालिका र जेष्ठ नागरिकलाई केही दिन भएपनि खानामा सहज होस् भनी सेवा घरलाई चामल, दाल, नुन, तेल लगायतको खाद्यसामग्री सहयोग गरेको अनलाइनका प्रवन्धक हिमाल महराले जानकारी दिए ।

अनलाइनकर्मी श्रवण कुमार यादवको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण मानव कल्याण समाजकी सुस्मिता श्रेष्ठले गरेकी थिइन् । मानव कल्याण समाज नारायणपुर ५० जना रहेका छन् । जहाँ बालबालिकादेखि जेष्ठ नागरिकहरुले सेवा पाइरहेका छन् ।

सिस्ने अनलाइनको सातौं वार्षिकोत्सबको अवसरमा २०७४ चैत २० गते सूचना विभागमा दर्ता भई सञ्चालनमा आएको यस अनलाइन मिडियाले आज आठौं वर्षमा प्रवेश गरेको छ।

Facebook Comments