• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व कविता दिवसमा रचना वाचन




घोराही । विश्व कविता दिवसको अवसरमा घोराहीमा रचना वाचन कार्यक्रम गरिएको छ।

कार्यक्रममा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले मुक्तिबोध र त क्रान्ति अग्नि फुकिदे शीर्षकको कविता वाचन गर्नुभएको थियो। त्यस्तै कवि पुरन शर्माले तिमी जागै हुनुपर्छ र तिम्रा आदेश शीर्षकको कविता वाचन गर्नुभएको थियो।

त्यस्तै कवि डा. लिकराज पराजुलीले दीप जलाउन सकिन्छ शीर्षकमा र कवि हरिप्रसाद हरिप्रसाद पाण्डेले राष्ट्रियता शीर्षकको कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको संयोजन प्रलेसका लुम्बिनी प्रदेश सचिव गोविन्द खड्काले गर्नुभएको थियो।

संयुक्त राष्ट्रसंघले सन १९९९ देखि आजको दिनलाई हरेक वर्ष विश्व कविता दिवस घोषणा गरेपछि विश्वभरि यो दिवस मनाउने गरिएको छ।

Facebook Comments