• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भोलि लुम्बिनी प्रदेशभर गणतान्त्रिक सडक कविता वाचन हुने




घोराही । भोलि शनिबार लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रतिगामी चिन्तनविरुद्ध सडक कविता वाचन कार्यक्रम हुने भएको छ।
प्रगतिशील लेखक सङ्घ, लुम्बिनी प्रदेशको निर्णयअनुसार सङ्घका जिल्ला शाखाहरूले आ–आफ्नो जिल्लामा कार्यक्रम आयोजना गर्ने प्रलेस लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द खड्काले जानकारी दिनुभएको छ।
यसै सन्दर्भमा प्रलेस दाङ शाखाको आयोजनामा घोराहीमा सडक कविता वाचन कार्यक्रम दिउँसो २ बजे हुने भएको छ।
कार्यक्रममा कविता सहित सहभागी हुन सम्पूर्ण गणतान्त्रिक स्रष्टाहरूलाई प्रलेस दाङले अनुरोध गरेको छ।
घोराहीको सहिद गेटमा कार्यक्रम हुने जानकारी प्रलेस दाङका सचिव पुरन शर्माले दिनुभएको छ।

Facebook Comments