• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा रात्रीकालीन व्यवसायको समयसीमा बढाउन दाङ उद्योग वाणिज्य संघको पहल




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघमा रात्रीकालीन व्यवसाय सञ्चालनको समयसीमा राति १२ बजे सम्म पुर्‍याउनुपर्ने माग राखिएको छ। रात्रीकालीन व्यवसायी संघका अध्यक्ष राजेन्द्र दाहालले यस विषयमा औपचारिक निवेदन दिएका थिए।

उक्त निवेदनको आधारमा संघको पहलमा सुरक्षा निकायका प्रमुखहरूसँग घोराहीमा बैठक बसेको छ। बैठकले विषयको गम्भीरता बुझेपछि कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलले १० दिन भित्र प्रतिवेदन तयार पारेर सम्बन्धित निकायलाई बुझाउनेछ निर्णय भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनुभयो ।

कार्यदल गठन

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। जस्को सदस्यहरू , तुलसीपुर उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, दाङ देउखुरी होटल व्यवसायी समिति, तुलसीपुर होटल व्यवसायी समिति, लमही होटल व्यवसायी समिति, स्थानीय सरकारका उपभोक्ता हित संरक्षण शाखाका प्रमुखहरू रहेको छन ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा विभिन्न निकायका प्रतिनिधिहरूले भाग लिएका थिए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाह, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, घोराही–१४ का अध्यक्ष भानसिंह बुढामगर, लमही उद्योग वाणिज्य संघका अध्यक्ष कमलसिंह ठकुरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका मानार्थ सदस्य रामदयाल गुप्ता, संघका पूर्व अध्यक्ष नारायणप्रसाद भुषाल, सदस्य निमबहादुर बुढाथोकी, दाङ देउखुरी होटल व्यवसायी समिति अध्यक्ष ईश्वर बुढामगर, तुलसीपुर होटल व्यवसायी संघका अध्यक्ष ईन्द्र बस्नेत, रात्रीकालीन व्यवसायी संघका अध्यक्ष राजेन्द्र दाहाल लगायतको भनाइ राख्नु भएको थियो ।

बैठकमा व्यवसाय सञ्चालनको समयसीमा लम्ब्याउँदा हुन सक्ने सम्भावित चुनौतीहरू तथा समाधानका उपायहरूबारे छलफल गरिएको थियो। कार्यदलको प्रतिवेदनपछि मात्र अन्तिम निर्णय लिइने जनाइएको छ।

 

Facebook Comments