काठमाडौं । नेपाली फेसन डिजाइनर अर्चना अर्यालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई नेपाली पोशाक उपहार दिएकी छन् । उनले शुक्रबार ललितपुरस्थित हरिसिद्दिमा रहेको महासचिवको निवास पुगेर विप्लवलाई नेपाली पोशाक उपहार दिएकी हुन् ।

अर्चना अर्याल बुटिकका सञ्चालक समेत रहेकी उनले महासचिव विप्लव सीलाई भेटेर नेपालमै उत्पादन भएका धागोबाट बनाइएको नेपाली पोशाक उपहार दिँदै विप्लव नेपाली जनताको एकमात्र आशा र भरोसाका नेता भएको बताइन् । भेटघाटको क्रममा अर्चनाले पछिल्लो समय राजनीति दलहरूप्रति नेपाली जनताको विश्वास घट्दै गएको र वितृष्णा बढ्दै गएको हुँदा त्यसको वैकल्पिक पार्टीको रुपमा नेपाल कम्युनिस्ट पार्टी भएको कुरामा जोड दिएकी थिइन् ।
को हुन्, फेसन डिजाइनर अर्चना ?
अर्चना अर्याल बुटिकका सञ्चालक अर्चना अर्याल नेपाली एक फेसन डिजाइनर हुन् । उनी करिब एक दशक अघि पोखराबाट आफ्नो व्यवसाय सुरु गरेकी थिइन् । र, अहिले काठमाडौंमा आधारित छिन् । उनका डिजाइनहरु हस्तनिर्मित, मौलिक र आकर्षक हुन्छ्न् । उनी नेपालका आशलाग्दा फेसन डिजाइनमध्ये एक मानिन्छिन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
