• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नृत्य प्रशिक्षणमा समर्पित धिरजको यात्रा : संघर्षदेखि सफलतासम्म




दाङ। नृत्यलाई जीवनशैलीका रूपमा आत्मसात गर्दै प्रशिक्षणमार्फत नयाँ प्रतिभा निर्माण गरिरहेका धिरज देबकरको संघर्ष र सफलता प्रेरणादायी छ। भारतको मुम्बईमा १८ वर्षसम्म जुम्बा, व्यक्तिगत कक्षा, एडभान्स कक्षा तथा विभिन्न नृत्य शैलीमा प्रशिक्षण लिएपछि, उहाँले विगत ३ वर्षदेखि दाङमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आउनुभएको छ।

संघर्षको सुरुवातदेखि हालसम्मको यात्रा

स्थायी रूपमा कैलालीको टिकापुर नगरपालिका–९ निवासी देबकरले कपिलवस्तुमा २ वर्ष नृत्य प्रशिक्षण गराएपछि दाङमा प्रशिक्षण केन्द्र स्थापना गर्ने सोच बनाउनुभयो। “दाङ देउखुरी आइडल” को पहिलो सिजनदेखि पाँचौँ सिजनसम्म जोडिएका उहाँलाई यहाँका स्थानीयबासीले देखाएको माया नै दाङमा केन्द्र सञ्चालन गर्ने प्रमुख कारण बन्यो।

सुरुवाती चरणमा मात्र पाँच जना विद्यार्थीबाट यात्रा सुरु गरेका देबकरको नृत्य प्रशिक्षण केन्द्रमा हाल ११५ जना विद्यार्थी नियमित रूपमा प्रशिक्षण लिइरहेका छन्। २०४७ सालमा जन्मिनुभएका देबकर परिवारको कान्छा छोरा हुनुहुन्छ। उहाँका बुवा मोहन देबकर र आमा बिर्मा देबकर हुनुहुन्छ।

सानो लगानीबाट ठूलो सफलता

४० हजार रुपैयाँको प्रारम्भिक लगानीमा सुरु गरिएको प्रशिक्षण केन्द्र हाल करिब १६ लाख रुपैयाँको लगानीमा “एमआरडी डान्स स्टुडियो, घोराही” का रूपमा सञ्चालनमा छ। प्रशिक्षणसँगै अनुशासनमा विशेष ध्यान दिने देबकरले विद्यार्थीहरूलाई व्यवस्थित सिकाइका साथै अन्तर्राष्ट्रिय स्तरको नृत्य शैलीमा पारंगत बनाउने लक्ष्य राख्नुभएको छ।

नृत्य कक्षाहरू र शुल्क विवरण
बेसिक कोर्स (३-६ महिना): मासिक २,००० रुपैयाँ, ६ महिनाका लागि ५,००० रुपैयाँ र एडभान्स कोर्स (१ वर्ष): १२,००० रुपैयाँ तथा दुवै कोर्स प्याकेज: २२,००० रुपैया लाग्ने जानकारी दिनु भयो ।

देबकरको भविष्यका लक्ष्य

डेढ वर्षको गहिरो सोच र तयारीपछि स्थापना गरिएको यो प्रशिक्षण केन्द्रलाई अझ व्यापक बनाउने योजनामा देबकर छन्। उहाँको लक्ष्य नेपाली नृत्य प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने रहेको छ।

Facebook Comments