• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
धैर्यता र मेहनतको सफलता: शिक्षक सेवा आयोगमा धनेश्वर डाँगी उत्तीर्ण




घोराही । “धैर्य गुमाए असफलता आउँछ, मिहिनेत गरे सफलता अवश्य पाइन्छ” भन्ने भनाइलाई चरितार्थ गर्दै बंगलाचुली गाउँपालिका -४ गहतेरा निवासी धनेश्वर डाँगीले शिक्षक सेवा आयोगको प्राथमिक तहको परीक्षा तेस्रो प्रयासमा उत्तीर्ण गर्न सफल हुनुभएको छ। फरक क्षमता भएका डाँगीले दुई पटक असफल भए पनि हिम्मत नहार्दै निरन्तर प्रयास गरेपछि सफलता हात पार्नुभएको हो।

डाँगीले पहिलो र दोस्रो प्रयासमा असफल भएपछि पनि आफ्नो प्रयासलाई रोक्नुभएन। बरु अझ बढी मेहनत गर्दै तयारीलाई सशक्त बनाउनु भयो। अन्ततः तेस्रो पटकमा सफलता हात पार्दै शिक्षक बन्ने आफ्नो सपना साकार गर्नुभयो।

“मेरो सफलता धैर्यता र कडा मिहिनेतकै परिणाम हो। निरन्तर प्रयास गर्न छोड्नु हुँदैन, असफलतापछि नै सफलता आउने रहेछ,” डाँगीले भन्नुभयो।

डाँगीको दुबै हात छैन, तर पनि उहाँले हिम्मत हार्नुभएन। राहत कोटामार्फत विगत १४ वर्षदेखि शिक्षण पेशामा संलग्न रहँदै आउनुभएका उहाँले अब स्थायी रूपमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राख्नुभएको छ।

उहाँको संघर्ष र सफलता अन्य परीक्षार्थी तथा युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

Facebook Comments