• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
थारु कुरिहा गाेत्यार समाज संघकाे साधारणसभा




घाेराही । थारु कुरिहा समाज संघकाे १८औं साधारणसभा तथा सम्मेलन शनिबार घाेराही ३ झिङ्नीमा सम्पन्न भएको छ । संघका अध्यक्ष श्याम कुमार चाैधरीकाे अध्यक्षता तथा कुरिहा गाेत्यार वम्शावली पुस्तकका सम्पादक सुरेश चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्ने वक्ताहरुले विगतमा आफूहरु संयुक्त परिवारबाट छुटिभिन्न भई एकल परिवार हुँदा सस्कार संस्कृतिमा विविधता भएको बताएका थिए ।अब संयुक्त परिवारकाे रुपमा विकास गरि अाफ्ना गाेत्यार एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा घाेटैली गाेत्यार समाजका महासचिव प्रकाश चाैधरी घाेटैली, गाेत्यार सघ बर्दियाका धनीराम चाैधरी, टिकापुर कैलालीका  पल्लु चाैधरी, सघका सदस्य कृष्ण चाैधरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा गाेत्यारभित्रका ८० बर्ष उमेर नाघेका जेष्ठ सदस्यहरु बालकृष्ण चाैधरी, भरथरी चाैधरी,रामप्रसाद चाैधरी, रामपति चाैधरी, कासिराम चाैधरी, छाेटेलाल चाैधरीलाई नगद र दाेसल्ला अाेढाएर सम्मान गरिएको थियो ।

सघका सचिव दयाराम चाैधरीकाे स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमकाे सहजिकरण अक्ष चाैधरीले गर्नुभएको थियोे ।

Facebook Comments