निराजन सिर्पाली
रुकुम पूर्व। रुकुम पूर्वको रुकुमकोटस्थित कमलदह परिसरमा पर्यटकहरूको लापरबाहीका कारण दहको सुन्दरता र वातावरणमा प्रदूषण बढ्दै गएको छ । पर्यटकहरूले प्लास्टिकका बोतल, प्लास्टिकका प्लेटहरु, चाउचाउ बिस्कुटका खोलजस्ता फोहोरहरू दहको वरिपरि फाल्ने गरेका छन्, जसले गर्दा दहको प्राकृतिक सौन्दर्यमा नकारात्मक प्रभाव परेको छ ।
स्थानीय बासिन्दाहरू र सरोकारवालाहरूले पर्यटकहरूलाई फोहोर नगर्नका लागि कार्वाही सँगै केही नियमहरु बनाउन आवश्यक देखिन्छ । साथै, दहको सरसफाइ र संरक्षणका लागि स्थानीय समुदायले विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवस्यक छ । विभिन्न समयमा कमलदह सरसफाइ तथा संरक्षणका प्रयासहरु भएपनि पर्यटकहरूको चरम लापरबाहीका कारण यी प्रयासहरू पर्याप्त साबित हुन नसकेको स्थानीयकाे गुनासो छ ।
पछिल्लो समय दह हेर्नका लागि आन्तरिक पर्यटक सँग बाह्य पर्यटकहरुकाे भिड लाग्ने गरेको छ । यस कमल दहमा कमल पाइने गर्छ कमलकाे जरा विभिन्न देशमा समेत पुग्ने गरेको छ । कमलकाे जरा जन्डिस राेगकाे उपचारका लागि उत्तम मानिन्छ । भने कमलकाे जरालाई अचारकाे रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।
अहिले कमलदह वरिपरिको वातावरण धेरै प्रदुषण भएको छ । एकातिर फाेहाेरले वातावरणमा असर गरिरहेकाे छ । भने अर्कोतिर कमल दह संरक्षण तथा आकर्षणका लागि गरिएकाे घेरबार, विभिन्न ठाउँमा राखिएका डस्वीनहरु, सजावटका रुपमा रहेका विभिन्न विरुवाहरुलाई पर्यटकहरुले टाेडफाेड तथा लथालिङ्ग अवस्थामा पार्ने गरेको देखिन्छ । यस्ता अनैतिक गतिविधिलाई राेक्न सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन आवस्यक छ ।
कमलदह रुकुम पूर्वको प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो, यहाँ हरेक वर्ष ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटकहरू भ्रमण गर्न आउँछन् । दहको संरक्षण र सरसफाइमा सबैको सहयोग आवश्यक छ । किनकि यसको प्राकृतिक सुन्दरता र पर्यावरणीय सन्तुलनलाई कायम राखे प्रकृतिले दिएको उपहारले जिल्लाकाे सौर्न्दर्यता सँगै आयाेस्राेतका हिसाबले पनि जिल्लावासीका लागि फाइदा हुने देखिन्छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।