दाङ । दाङकाे घाेराहीस्थित लिटल एन्जल स्कुलले किड्स ओलम्पियाड तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेकाे छ । शुक्रबार एक समारोहका बिच विद्यालयले किड्स ओलम्पियाड तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा घाेराही उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भरत अर्यालले विद्यालयले हरेक क्षेत्रलाई शिक्षासँग जाेड्दै लगेकाे बताए । `अबकाे शिक्षा कस्ताे हुनुपर्छ भन्ने लिटल एन्जल स्कुले नमुना प्रस्तुत गरेकाे छ । विद्यार्थीले गरेका शैक्षिक प्रदर्शनीले सिकाइकाे शैली प्रस्तुत गरेका छन् । कक्षाकाेठाकाे सिकाइलाई प्रयाक्टिकलका रूपमा विद्यार्थीले निर्माण गरेका सामग्रीले शैक्षिक ल्याब नै तयार गरेकाे छ । ´ अध्यक्ष अर्यालले बताए ।
त्यस्तै कार्यक्रममा बाेल्दै प्याब्सन दाङका सचिव आदिम केसीले विद्यालयले सांस्कृतिक महाेत्सवकाे झल्काे दिलाउने कार्यक्रम आयाेजना गरेकाे बताए । `नेपालकाे बहुसांस्कृतिकता झल्कने प्रस्तुतिले विद्यालयलाई सांस्कृतिक मञ्चका रूपमा प्रस्तुत गरेकाे छ । विभिन्न संस्कृति झल्कने नृत्य, गीतले सांस्कृतिक सहअस्तित्व कायम गरेकाे छ । ´ केसीले थपे, `किड्स ओलम्पियाडका माध्यमबाट बालबालिकालाई खेलकुदतर्फ आकर्षण गरेकाे छ । विद्यालयले खेलकुदसँग शिक्षालाई जाेडेकाे छ । शैक्षिक सामग्रीकाे प्रदर्शनीमा प्रदर्शन गरिएका सामग्रीले शिक्षण सिकाइकाे शैली र प्रभाव प्रस्तुत गरेका छन् । प्रदर्शनीले अबकाे शिक्षाकाे माेडलसमेत प्रस्तुत गरेका छन् ।
कार्यक्रममा विद्यार्थीले विभिन्न संस्कृति झल्कने नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
यसैबीच खेलकुद सप्ताहमा सम्पन्न तेस्राे लिटल एन्जल रनिङ सिल्डकाे उपाधि कञ्चनजङ्घा च्यालेन्जर्सले २७ गाेल्ड, ५ सिल्भर र १४ रजतसहित हात पारेकाे छ । कार्यक्रममा विजेता समूहलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
विद्यालयले आफनो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार किड्स ओलम्प्यिाड तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो । बालबालिकाहरुको प्रतिभा उजागर गर्नेे विद्यालयले किड्स ओलम्पियाडको आयोजना गरेको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिए । उनले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि किड्स ओलम्पियाडले सहयोग पुग्ने समेत उनको भनाइ छ । आफूले अध्ययन गरेको विषयलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सहयोग पुगोस भनेर विज्ञान कलाको समेत प्रदर्शनी गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्णचन्द्र गिरीको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल यादव गिरी विद्यालयकाे प्रगति विवरण प्रस्तुत गरेका थिए ।
विद्यालयका भ्याइस प्रिन्सिपल विमल रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक स्वस्तिमा एम सी र ओमप्रकाश बुढाले गरेका थिए ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।