• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीमा जारी देउखुरी महोत्सवमा उद्योग वाणिज्य संघको छड्के चेकजाँच




श्रवण कुमार यादव
देउखुरी। देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा संघले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै छड्के चेकजाँचलाई तीव्रता दिएको छ।

संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार महोत्सवमा राखिएका विभिन्न स्टलहरूको अनुगमन गरिंदैछ ताकि अखाद्य तथा म्याद नाघेका सामग्री बिक्री-वितरण हुन नदिन सकियोस्। संघको टोलीले उपभोक्ताका लागि हानिकारक हुन सक्ने खाद्य सामग्रीहरूको जस्तै विशेषगरी गुलियो प¥याउँने गुलाफजस्तो देखिने गुलाबी कपासे चकलेट (कटन क्यान्डी) बिक्रीमा रोक लगाएको छ।

महोत्सवमा आउने दर्शकहरूलाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ संघले कडाइका साथ अनुगमन गरिरहेको ठकुरीले जानकारी दिनुभयो।

महोत्सवले स्थानीय व्यवसायीलाई आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ भने सांस्कृतिक कार्यक्रमहरूले मनोरञ्जन थपेको छ।

Facebook Comments