• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महायज्ञको उद्घाटन लुम्बिनी प्रदेश प्रमुखले गर्ने




दाङ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा भोलीदेखी घोराहीमा सुर हुने महायज्ञको लुम्बिनी प्रदेश प्रमुखले गर्नुहुने भएको छ ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको मानव सेवा घरको दिगो व्यवस्थापनकालागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यकासाथ माघ १७ गतेदेखी २४ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ को लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ति मगरले गर्नुहुने भएको हो ।

विहान ११ बजेखी शोभाकलश यात्रा हुने र त्यस पश्चात हुने उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश प्रमसख घर्तिले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले जानकारी दिनुभयो ।

Facebook Comments